जुगल स्कुलको ३३ औँ वार्षिकोत्सव सम्पन्न, गायक रामकृष्ण ढकाल र ओलम्पियन दीपक विष्ट सम्मानित

काठमाडौँ – जुगल बोर्डिङ स्कुलको ३३ औँ अभिभावक दिवस हालै भब्य रुपमा सम्पन्न भएको छ । स्थपनाको ३३ औँ वर्षगाँठको अवसरमा जुगल बोर्डिङले ओलम्पियन दीपक विष्ट र गायक रामकृष्ण ढकाललाई सम्मान गरेको छ । सिन्धुपाल्चोकको चौतारामा रहेको जुगल बोर्डिङको प्राङगणमा भएको कार्यक्रममा सांसद माधव सापकोटाले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कला प्रस्तुत गरेका थिए भने गायक रामकृष्ण ढकालले पनि विभिन्न गीत गायर मनोरञ्जन गराउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै स्कुलका अध्यक्ष तथा प्याब्सनका केन्द्रीय महासचिव आरवी कटुवालले जुगलले शैक्षिकक्षेत्रमा हासिल गरेको उपलब्धि महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि थप उप्रेरित भई कार्य गर्ने जानकारी दिनुभयो ।

त्यस्तै स्कुलका सन्चालक प्रिन्सिपल ओमप्रसाद उप्रेतीले विद्यालयले शैक्षिक लगायत विद्यार्थीहरुको समग्र क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको जानकारी दिनुभयो ।