नेक्ससमा अभिभावक अभिमुखीकरण, नयाँ विद्यार्थीका लागि भर्ना खुला

काठमाडौँ – काठमाडौँको पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले अभिभावकहरुलाई अभिमुखीकरण तालिम दिएको छ । अभिभावक अभिमुखीकरणमा परोपकारी व्यक्तित्व ब्रम्हकुमार श्री विजयराज सिग्देल, काठमाडौँका एसएसपी दान बहादुर कार्की, मनोविद् रविन कटवाल लगायतले अभिभावकलाई प्रशिक्षण दिनुभयो ।

ब्रह्मकुमार विजयराज सिग्देलले अभिभावकले विद्यार्थीको क्षमता पहिचान गर्न नेक्सस जस्ता उपर्युक्त शिक्षण संस्था छनौट गर्नुपर्ने र विद्यालयका साथै घरमा के कसरी समय दिनुपर्ने भन्नेबारे जानकारी गराउनुभयो । त्यस्तै एसएसपी दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी र बढ्दो साइबर क्राइमबारे अभिभावकलाई जानकारी दिनुभयो ।

अनलाइनमार्फत बढ्दो ठगी र आपराधिक घटनाबारे अभिभावकलाई जानकारी गराउनुहुँदै उहाँले आफ्ना नानीबाबुलाई मोबाइल, ल्यापटप लगायतका डिभाइस दिँदै गर्दा उनीहरुको क्रियाकलापमा पनि अभिभावकले नजर लगाउनुपर्ने बताउनुभयो । अपराधबाट बालबालिकालाई बचाउन इन्टरनेट जडित डिजिटल डिभाइसको प्रयोगमा सचेत हुनुपर्ने उहाँको सुझाव छ ।

कार्यक्रममा मनोविद् रविन कटुवालले बालवालिकाको मनोभावना अनुरुप अभिभावकले पर्याप्त समय र शिक्षण सिकाईका लागि घरमा वातावरण तयार गरिदिनुपर्ने बताउनुभयो ।

नेक्ससले हरेक वर्ष अभिभावकलाई यस विषयमा सुसूचित गराउने गरेको विद्यालयका सस्थापक प्राचार्य आरबी कटुवालले जानकारी दिनुभयो । ‘ विद्यार्थीको चौतर्फी विकासका लागि अभिभावक, शिक्षक र विद्यालयको त्रिकोणात्मक सम्बन्ध र समन्वयले मात्र सम्भव हुने भएकाले हामीले विगत १४ वर्षदेखि अभिभावकहरुलाई अभिमुखीकरण तालिम दिँदै आएका थियौँ । यस वर्ष पनि निरन्तरता दिइएको हो ।’ उहाँले स्पष्ट पार्नुभयो ।

नेक्ससमा भर्ना खुला
नेक्ससले यस वर्ष पनि कक्षा नर्सरीदेखि केही सीमित सिटमा भर्ना खुला गरेको छ । भर्नाका तोकिएको मापदण्ड पूरा गरेपछि मात्र भर्ना हुन पाइने भएकाले विद्यालयले यही १८ गते प्रवेश परीक्षा गर्ने भएको छ । १८ गते छुट भएमा २५ गते प्रवेश परीक्षा दिन पाइने नेक्ससले जनाएको छ ।

मुल रुपमा यी दुई दिनमा मात्र प्रवेश परीक्षा तोकिएको र केही सीमित सिटमा मात्र भर्ना खुला गरिएकाले सिट पूरा भएमा विद्यालयले भर्ना बन्द गर्ने तर अध्ययन गर्न उपत्यका बाहिरबाट आउनुपर्ने विद्यार्थीलाई पनि लक्षित गरी २७ गते एक दिन प्रवेश परीक्षको तालिका थप गरिएको विद्यलयका संस्थापक प्राचार्य आरबी कटुवालाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो –‘विद्यालय भिजिटका लागि हामीले खुला गरिसकेका छौँ । अभिभावक ज्यूहरु आएर विद्यालयको गतिविधि नियाल्न तथा नानीबाबुलाई तोकिएको दिनमा प्रवेश परीक्षा दिन लगाउन सक्नुहुनेछ । ’