इम्युन सिष्टम र कोरोना कनेक्शन : बँच्न के गर्ने ? शुक्रबार हुँदैछ बहस

काठमाडौँ – खुल्लापाटी डट कमको खुल्ला बहस अन्तर्गत आगामी शुक्रबार नेपालका प्रसिद्ध न्युरो लिंग्विस्टिक ट्रेनर एवं ख्यातिप्राप्त मोटिभेशनल स्पिकर कमल कटवालसँग बहस हुँदैछ ।

कटवालसँग एनएलपी, साइकोम्याट्रिक डिजिज, इम्युन सिष्टमको बुस्टिङ तथा दिमागका गलत कुरा के कसरी हटाउन सकिन्छ भन्नेबारे बहस हुनेछ ।

इन्टरनेशनल वेलनेश कोच एवं एक्लिमाटाइजेशन कोचसमेत रहेका कटवालले कोरोना त्रासमा रहेकालाई इम्युन सिष्टम र कोरोना कनेक्शनबारे मुख्य रुपमा छलफल हुनेछ । खाशगरी इम्युन सिष्टम के हो र कोरोनाले कहाँबाट असर पार्छ र त्यसबाट बँच्न के गर्ने भन्नेबारे उहाँले केही विशेष टिप्स पनि दिनुहुनेछ ।

दिउँसो एक बजेदेखि बहस हुनेछ ।

खुल्लापाटीले लकडाउनको समयमा घरमैँ रहनुभएका अभिभावक, बालबालिका, शैक्षिक, खेलकुद क्षेत्रका सरोकारवालाहरुलाई विभिन्न क्षेत्रका विषयगत विज्ञमार्फत जानकारी गराउने उद्देश्यले खुल्ला बहस सञ्चालन गर्ने गरेको छ ।

खुल्लापाटीको पेजमार्फत बहस लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.facebook.com/Khullapati-1529576157367337/