युके आयरल्याण्ड एजुकेशन फेयर हुँदै, अध्ययन गर्न जान चाहनेलाई सुनौलो मौका

काठमाडौँ – काठमाडौँको बागबजारस्थित हब इन्टरनेशनल एजुकेशनले जेष्ठ २६ गते उच्च शिक्षा अध्ययनका लागि युके र आयरल्याण्ड जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी युके–आयरल्यान्ड एजुकेशन फेयर २०२२ आयोजना गर्ने भएको छ । एजुकेशन फेयरमा युके र आयरल्याण्ड जान चाहनेलाई सम्बन्धित विश्वविद्यालयका प्रतिनिधि स्वयं नै उपस्थित भई विद्यार्थी र अभिभावकलाई शैक्षिक परामर्श दिने तथा छात्रवृत्तिसहित अध्ययनका लागि लाग्ने शुल्कबारे जानकारी गराउने एजुकेशनले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

एजुकेशन फेयरमा विद्यार्थी र अभिभावकले २० भन्दा बढी युके र आयरल्यान्डका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने हब इन्टरनेसनलका काउन्सलर सुरज घिमिरेले जानकारी दिनुभयो । एजुकेशन फेयरमा सहभागी हुने विद्यार्थीहरुमध्येबाट १ सय ११ जनालाई निःशुल्क आइएलटिएसको कोर्ष गर्ने सुविधा एजुकेशनले मिलाएको छ । साथै १११ जनालाई नै निःशुल्क प्रोसेसिङ गरिदिने पनि एजुकेशनले जनाएको छ ।

‘ युके वा आयरल्याण्डमा अध्ययनमा जान चाहने तर आइइएलटिस गर्न नभ्याएका वा कहाँ गर्ने भन्ने विद्यार्थीलाई निःशुल्क आइइएलटिएस कोर्ष गर्न गर्ने अवसर हामीले दिँदैछौँ । उनीहरुको प्रोसेसिङ पनि निःशुल्क हुनेछ । यसले विद्यार्थीलाई निकै सहज हुने विश्वास हामीले लिएका छौँ ।’ हब एजुकेशनका चेयरम्यान उद्धव खडकाले बताउनुभयो । सहभागी हुने विद्यार्थीहरुलाई विभिन्न गिफ्ट ह्याम्पर पनि उपलब्ध गराइने हब एजुकेशनका ब्रान्ड एण्ड बिजनेस डेभलपमेन्ट म्यानेजर श्रावणी खनालले जानकारी दिनुभयो ।

हब एजुकेशनले अन्तर्राष्ट्रिय गन्तव्य र विश्वबिद्यालयका प्रतिनिधि माझ प्रत्यक्ष जानकारी गराउने उद्देश्य राखेर बेला बेलामा यस्तो एजुकेशन फेयर आयोजना गर्दै आइरहेको छ ।