लकडाउन कडा गरिँदै एक जिल्लाबाट अर्कोमा जान निषेध सबै पास रद्ध

काठमाडौँ – कोरोना संक्रमित ह्वात्तै बढेपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । कोरोना संक्रमितको संख्या बढेपछि एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी जारी गरेको सबै सवारी पास रद्द गरेको हो।

मंगलबार कोरोना संक्रमितको संख्या धेरै नै बढेपछि मन्त्रालयमा बसेको बैठकले बिहीबारबाट लागू हुने गरी यस अगाडि जारी भएका सबै प्रकारका पास रद्द गर्ने निर्णय गरेको हो।

लकडाउन खुकुलो बनाउँदै उद्योग, निर्माण सेवा, बैंक तथा वित्तीय संस्थामा आबद्ध भएकाले सम्बन्धित कार्यालयको पास देखाएर हिँडडुल गर्न पाएका थिए। तर अब सो सुविधासमेत रोकिएको छ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले अब जिल्लाभित्र समेत नियामक निकायले जारी गरेको पासका आधारमा मात्र हिड्न पाइने बताए ।