प्याब्सनको निर्देशन : १८ गतेभित्र नतिजा प्रकाशन गरी २२ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्नू

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले १८ गतेभित्र नतिजा प्रकाशन गरी अनलाइन कक्षाको तयारी थाल्न सदस्य विद्यालयलाई निर्देशन दिएको छ । प्याब्सनले एक विज्ञप्ति जारी गरी गत चैत्र ५ गतेसम्म सञ्चालन भएका परीक्षाको परीक्षाफल आजदेखि विहीबारभित्र प्रकाशन गर्न निर्देशन दिएको हो ।

प्याब्सनले सदस्य विद्यालयका शिक्षक शिक्षिकालाई तीन दिन भर्चुअल कक्षा सञ्चालन तालिमस दिन समेत निर्देशन दिएको छ ।
हेर्नुहोस् प्याब्सनको निर्देशन :