प्रदेश २ मा शिक्षण तयारी शुन्य, मन्त्री भन्छन्–अधिकारै छैन (भिडियोसहित)

काठमाडौँ – कोरोना कहरसँगै विभिन्न स्थानीय तहले काम थालेपनि प्रदेश २ सरकार भने मौन बसेको छ । प्रदेश सरकारले शिक्षा क्षेत्र कसरी अघि बढाउने भन्नेबारे सोमबार आयोजित भर्चुअल प्रेसमिटमा सामाजिक विकासमन्त्री नवलकिशोर शाह (सुडी)ले अहिलेको समयमा शिक्षा भन्दा स्वास्थ्य प्राथमिकता राखिएको बताए ।

उनले भने –‘महामारी लडेर जीवन बचाउनुपर्छ त्यसपछि धेरै कुरा निदान हुँदै जान्छ । जीवन बाँचेपछि धेरै व्यवस्था मिल्छ । छिटोभन्दा छिटो कसरी पढाइ बनाउने त्यसपछि हुन्छ ।’ उनले सबैभन्दा पहिला आफ्नो जीवन सुधार गर्नुपर्ने बताए । उनले शिक्षा कसरी बढाउने भन्ने खाका संघीय सरकारले प्रदेश सरकारलाई नदिएकाले पहिले केन्द्रले नीतिगत नेतृत्व गरेर प्रदेश सरकारलाई १२ सम्मको अधिकार दिनुपर्ने बताए । उनले शिक्षाको अधिकार बाँडफाँड नपुगेको गुनासो गरे । ‘स्थानीयलाई जिशिका जति पनि अधिकार पुगेन ।’ पहिले यसमा सुधार गरौँ ।

होम सेन्टर उपर्युक्त

मन्त्री शाहले होम सेन्टर, उपर्युक्त हुने बरु बाहिरी शिक्षक ल्याएर काम गर्नुपर्ने बताए । उनले भने–‘ सोसल डिस्ट्यान्स मेन्टेन गरौँ । प्रकोप जेठ असारसम्म जान्छ भन्ने सुनिन्छ, त्यसैले आन्तरिक मुल्याङकनबाट नतिजा सार्वजनिक गरौँ ।’ अहिले अरु ढंगले सोच्न नहुने उनले बताए ।

अनलाइन, टिभीबाट हुन्न, रेडियो उपर्युक्त हुन्छ तर सबैतिर पहुँछ छैन

मन्त्री शाहले इन्टरनेटको सुविधा सबैतिर नपुगेकाले अनलाइनबाट पठनपाठन सम्भव नभएको गुनासो गरे । उनी भन्छन् –‘इन्टरेनट प्रत्येकमा छैन । टिभी सबैको घरमा टिभी छैन । ५० प्रतिशतको घरमा टिभी छ ५० प्रतिशकोमा छैन ।’ तर रेडियो भने उपर्युक्त हुने उनले बताए ।

Education Journalist Group

कोरोना प्रभाव र प्रदेश २ को शिक्षा क्षेत्र व्यवस्थापन तयारीबारे प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर शाहसँग अन्तक्र्रिया ।

Gepostet von Khullapati am Montag, 27. April 2020