निषेधाज्ञा लगाइएको जिल्ला ६० पुगे

कोरोना भाइरस ( कोभिड–१९ ) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको जिल्ला ६० पुगेको छ । गृह मन्त्रालयका अनुसार ४७ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

अहिलेसम्म ६० जिल्लामा निषेधाज्ञा जारी भएकामध्ये १३ जिल्लामा आंशिक र ४७ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए । निषेधाज्ञाको अवधिभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

मन्त्रिपरिषदको गत वैशाख १३ गतेको बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो ।