थप ८२ जनामा कोरोना संक्रमण, संक्रमित १६ हजार ८०१ पुगे

काठमाडौँ – नेपालमा आज थप ८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ८२ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १६ हजार ८०१ पुगेको छ । पछिल्लो २४ घन्टामा १४७ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या आठ हजार ५८९ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३८ रहेको छ ।