शिक्षा मन्त्रालयले भन्यो : असार १ गतेदेखि शैक्षिक क्रियाकलाप थाल्नू

काठमाडौँ – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि शैक्षिक क्रियाकलाप सुरु गर्न आह्वान गरेको छ । आज एक विज्ञप्ति बिज्ञप्ति जारी गर्दै मन्त्रालयले संघ,प्रदेश,स्थानीय तह तथा सबै सरोकारवाला निकायसँग यस्तो आह्वान गरको हो ।

लामो समयदेखि जारी लकडाउनका कारण शैक्षिक क्षेत्र पनि प्रभावित भएको शैक्षिक क्षतिलाई न्युनिकरण गर्न आह्वान गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसका लागि “बैकल्पिक प्रणलीबाट बिद्यार्थीको सिकाई सहजीकरण गर्ने सम्बन्धी बनेको निर्देशिका २०७७” जारी गरेको छ । यसै अनुसार शैक्षिक क्रियाकलाप सुरु गर्न आग्रह गरेको हो ।

मन्त्रालयले कोरोना महामारीको स्थिति र अवस्था हेरी बिद्यार्थीहरुको पठनपाठनलाई सुचारु गर्ने तथा स्थगन भएका परीक्षाहरु संचालन गर्ने सम्बन्धमा आवश्यक र उपयुक्त निर्णय लिने गरी मन्त्रालय गम्भीर गृहकार्यमा लागिरहेको पनि जनाएको छ ।