कोरोना भाइरस : ३० लाख ६२ हजार संक्रमित, २ लाख ११ हजारको मृत्यु

काठमाडौँ । कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ११ हजार ६ सय ९ पुगेको छ । मंगलबार विहान ९ बजेसम्मको तथ्याङक अनुसार अमेरिकामा सबैभन्दा बढी संक्रमित हुनेको संख्या १० लाख नाघेको छ ।

अमेरीकामा १० लाख १० हजार ५ सय ७ पुगेका छन् । त्यस्तै स्पेनमा दुई लाख २९ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने इटालीमा एक लाख ९९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । अहिलेसम्म विश्वभर कोरोना भाइरसका आठ लाख ८७ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् ।

निको हुनेमा सबैभन्दा बढी स्पेनमा एक लाख २० हजार मानिस निको भएर घर फर्किएका छन् । त्यस्तै जर्मनीमा एक लाख १४ हजार तथा अमेरिकामा पनि एक लाख १० हजार संक्रमित निको भएर घर फर्किएका छन् ।

भारतमा कोरोनाकै कारण ९ सयभन्दा बढिको ज्यान गएको छ । नेपालमा भने हालसम्म ५२ जनामा कोरोना देखिएको छ । त्यसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् भने अन्यको अवस्थापनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।