नेपालमा थप दुई संक्रमित भेटिए

काठमाडौँ । नेपालमा थप दुईजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित रुपन्देही र नेपालगंजका रहेका छन्।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रूपन्देहिका २५ वर्षिय पुरूष र नेपालगञ्ज निवासी ६० वर्षिय पुरूषमा कोरोना संक्रमण भएको हो । संक्रमित दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।