काठमाडौँमा फेरि भेटिए कोरोना संक्रमित, २४५ पुगे संक्रमित

काठमाडौँ – आज थप २ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान जारी गरेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका छन् ।

दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ । यसअघि बुधबार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।