खुल्लापाटी खुल्ला बहस : बालमनोविज्ञानबारे शनिबार बहस हुँदै

काठमाडौँ – खुल्लापाटी डट कमले हरेक दिन आयोजना गर्ने गरेको खुल्लापाटी खुल्ला बहस अन्तर्गत शनिबार बालमनोविज्ञानबारे बहस हुँदैछ । शनिबार दिउँसो १ बजे बालमनोविज्ञान, पढाई लगायतबारे मनोविश्लेषक, अधिवक्ता नानी थापा र प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका थापासँग बहस हुँदैछ ।

खुल्लापाटीले लकडाउनको समयमा घरमैँ रहनुभएका अभिभावक, बालबालिका, शैक्षिक, खेलकुद क्षेत्रका सरोकारवालाहरुलाई विभिन्न क्षेत्रका विषयगत विज्ञमार्फत जानकारी गराउने उद्देश्यले खुल्ला बहस सञ्चालन गर्ने गरेको छ ।

श्रृङखला दिउँसो एक बजेबाट खुल्लापाटीको पेजमार्फत लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.facebook.com/Khullapati-1529576157367337/