खुल्लापाटी खुल्ला बहस : पोखरा महानगरले अनलाइन कक्षा बन्द गराएकोबारे बहस हुँदै

काठमाडौँ – खुल्लापाटी डट कमले हरेक दिन आयोजना गर्ने गरेको खुल्लापाटी खुल्ला बहस अन्तर्गत शनिबार पोखरा महानगरपालिकाले अनलाइन कक्षा बन्द गराएपछि उत्पन्न परिस्थितिबारे बहस हुँदैछ ।

दिउँसो २ बजेपछि हुने बहसमा प्याब्सन केन्द्रीय उपाध्यक्ष एवं गोल्डेन फ्युचर बोर्डिङ स्कुलका सञ्चालक वीर बहादुर बूढाथोकी , एकीकृत अखिल नेपाल शिक्षक संगठनका पोखरा महानगरका अध्यक्ष भुवन सुबेदी, शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछाने, प्याब्सन कास्कीका अध्यक्ष एवं गोल्डेन नेचर बोर्डिङ स्कुलका सञ्चालक प्रेम शर्मासँग बहस हुनेछ । अभिभावक महासंघबाट केन्द्रीय सदस्य एवं कास्की अध्यक्ष शोभाकर भण्डारीले भाग लिनुहुनेछ ।

खुल्लापाटीले लकडाउनको समयमा घरमैँ रहनुभएका अभिभावक, बालबालिका, शैक्षिक, खेलकुद क्षेत्रका सरोकारवालाहरुलाई विभिन्न क्षेत्रका विषयगत विज्ञमार्फत जानकारी गराउने उद्देश्यले खुल्ला बहस सञ्चालन गर्ने गरेको छ । श्रृङखला दिउँसो दुई बजेबाट खुल्लापाटीको पेजमार्फत लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.facebook.com/Khullapati-1529576157367337/