खुल्लापाटी खुल्ला बहस : उपत्यका बाहिर कोरोना प्रभाव र शिक्षा क्षेत्रबारे बहस हुने

काठमाडौँ – खुल्लापाटी डट कमले हरेक दिन आयोजना गर्ने गरेको खुल्लापाटी खुल्ला बहस अन्तर्गत सोमबार उपत्यका बाहिर कोरोना प्रभाव र शिक्षा क्षेत्रमा पर्ने असरबारे बहस हुँदैछ । बहसमा कल्पवृक्ष बोर्डिङ स्कुल बरहथवा सर्लाहीबाट गोपाल कार्की, प्याब्सन प्रदेश दुईका अध्यक्ष मुरारी शाह र प्याब्सन प्रदेश एकका अध्यक्ष एवं न्यु क्रियटिभ ईङलिश बोर्डिङ स्कुलका सञ्चालक युवराज बशिष्ठसँग बहस हुँदैछ ।

बहस दिउँसो २ बजेपछि सुरु हुनेछ ।  खुल्लापाटीले लकडाउनको समयमा घरमैँ रहनुभएका अभिभावक, बालबालिका, शैक्षिक, खेलकुद क्षेत्रका सरोकारवालाहरुलाई विभिन्न क्षेत्रका विषयगत विज्ञमार्फत जानकारी गराउने उद्देश्यले खुल्ला बहस सञ्चालन गर्ने गरेको छ । खुल्लापाटीको पेजमार्फत बहस लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.facebook.com/Khullapati-1529576157367337/