स्याङजामा एम्बुलेन्स दुर्घटना, २ जनाको मृत्यु

काठमाडौँ – स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज विहान ४ बजेतिर वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अरू २ जना घाइते भएका छन् । दुर्घटनामा चापाकोट नगरपालिका–९ बस्ने ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट नगरपालिका-१० बस्ने २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा चापाकोट नगरपालिका–९ बस्ने ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र २८ वर्षीया पवित्रा पोख्रेल गम्भीर घाइते भएका छन् ।