प्याब्सन दुरशिक्षा कार्यक्रम खुल्लापाटीबाट पनि लाइभ हुने

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रसँग सम्बन्धित डिजिटल पत्रिका खुल्लापाटी डट कमले पनि प्याब्सन दुरशिक्षा शिक्षणको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले राष्ट्रिय स्तरका तीन टेलिभिजनबाट गराइरहेको शिक्षण कार्यक्रमको खुल्लापाटी डट कमबाट पनि प्रत्यक्ष प्रसारण भएपछि अनलाइनको पहुँचमा रहेकालाई थप राहत हुने भएको छ ।

साथै खुल्लापाटीको युट्युबमा पनि अपलोड हुने भएकाले प्रत्यक्ष प्रसारणका बेला हेर्न छुटाएका विद्यार्थीलाई खुल्लापाटीको युट्युब च्यानलबाट हेर्न सक्न भएका छन् । खुल्लापाटीले अहिलेलाई टिभी टुडेबाट प्रसारण हुने कार्यक्रमका मात्र लाइभ गर्ने भएको छ । प्याब्सन दुरशिक्षा कार्यक्रम समिति सदस्य एवं उपमहासचिव आरबी कटवालले टिभीको पहुँच नपुगेका, काम विशेषले घरबाहिर रहेका तथा एक टिभी सेट रहेका र एकभन्दा बढी छोराछोरी रहेका अभिभावकलाई खुल्लापाटीको कार्यले राहत पुग्ने भन्दै धन्यवाद दिनुभयो ।

खुल्लापाटीले टिभी टुडेसँगको समन्वयमा कक्षा २ देखि ६ कक्षा सम्मका कार्यक्रम प्रसारण गर्न लागेको हो । टिभी टुडेमा कक्षा दुईको २ बजेर ५५ मिनेटदेखि ३ बजेर २० मिनेटसम्म, कक्षा तीनको ३ बजेर २० देखि ३ बजेर ४५ सम्म, कक्षा ४ को ३ बजेर ४५ मिनेटदेखि ४ बजेर १० मिनेटसम्म, कक्षा ५ को ४ बजेर १० मिनेदेखि ४ बजेर ३५, कक्षा ६ को ४ बजेर ३५ मिनेटदेखि ४ बजेर ५५ मिनेटसम्म कक्षा सञ्चालन हुनेछ । खुल्लापाटीले यही कार्यक्रमको लाइभ गर्न लागेको हो ।

यस्तो छ तालिका :