काठमाडौँमा आज थप ८७ जनामा कोरोना संक्रमण

काठमाडौँ – बुधबार काठमाडौँ उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँका ७६ जना, ललितपुरका १० जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर ३६० जना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ ।