सांसद सरिता गिरी पद मुक्त (सचिवालयको विज्ञप्तिसहित)

काठमाडौँ – समाजवादी पार्टीको तर्फबाट समानुपातिक प्रतिनिधि गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी सांसद सरिता गिरीको पद औपचारिक रुपमा रिक्त भएको छ ।

गिरीलाई पार्टीको संसदीय दलले नै प्रतिनिधि सभा सदस्यबाट निष्काशन गर्ने निर्णय गरी संघीय संसद् सचिवालयलाई जानकारी गराएकाले उनको पद रिक्त रहेको सचिवालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले संवैधानिक व्यवस्था अनुसार गिरीको पद रिक्त भएको जानकारी विज्ञप्तिमार्फत दिएका छन् ।

हेर्नुहोस् विज्ञप्ति :