बीपीपी युनिभर्सिटीको इन्फर्मेशन सेशन फ्रयांकलिन एजुकेसन कन्सलटेन्सीमा सम्पन्न

काठमाडौँ –फ्रयांकलिन एजुकेसन कन्सलटेन्सीले आफ्नो कार्यालय परिसरमा बिपिपि युनिभर्सिटीको बारेमा एक जानकारी मुलक कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रममा बीपीपी विश्वविद्यालयको अन्तर्राष्ट्रिय कार्यक्रमकी डिप्युटी डीन, भिकी नाइट, र नेपाल र भारतका लागी हेड अफ स्टुडेन्ट रिक्रूटमेंट, मि. तरणजित सिंहको उपस्थिति थियो।

कार्यक्रममा, भिकी नाइट र मि. तरणजित सिंहले बीपीपी विश्वविद्यालयमा उपलब्ध कोर्स, सुविधाहरू, छात्रवृत्ति, र प्राविधिक सेवा सुविधाबारे उपस्थित विद्यार्थीहरूलाई जानकारी प्रदान गराउनुभएको थियो । फ्रयांकलिन एजुकेसन कन्सलटेन्सीले बीपीपी विश्वविद्यालयको अधिकृत एजेन्टको रूपमा काम गरेको छ। फ्रयांकलिन एजुकेसन कन्सलटेन्सीले लामो समय देखि बेलायत अध्ययन गर्न जान इच्छुक बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको नेपाल डाइरेक्टर उमेश खड्काले जानकारी गराउनु भयो।

बीपीपी युनिभर्सिटी, उत्कृष्ट शिक्षाका लागि प्रसिद्ध छ। बीपीपी युनिभर्सिटीमा नेपाली विद्यार्थीहरूले उच्च व्यक्तित्व निर्माण गरिरहेको युनिभर्सिटीका पूर्व बिध्यार्थी तथा फ्रयांकलिन एजुकेसन कन्सलटेन्सीका युके डाइरेक्टर डाक्टर दीपक खड्काले जानकारी दिनुभयो ।