काठमाडौँ महानगरले भन्यो – विद्यालय प्रशासन खुला राख्नु

काठमाडौँ काठमाडौँ महानगरपालिकाले विद्यालय प्रशासन खुला राख्न निर्देशन दिएको छ । महानगरपालिकाले एक सूचना जारी गरी महानगरभित्रका विद्यालयलाई दैनिक पठन पाठनका गतिविधि बन्द गरी विद्यालयका प्रशासनिक गतिविधि सञ्चालन गर्न निर्देशन दिएको हो ।

वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरेकोबारे विद्यालयका व्यवस्थापन समिति र शिक्षक अभिभावकले नियमित अनुगमन मुल्याङकन गर्न पनि आग्रह गरेको छ । साथै पूर्व निर्धारित परीक्षाहरु सम्पन्न गर्दा बढीमा २५ जना मात्र भेला भई परीक्षा सञ्चालन गर्न पनि महानगरले आग्रह गरेको छ ।