छैठौँ नेक्सस संकटा फुटबल सुरु

काठमाडौँ– पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टर नेशनल एकेडेमीको आयोजनामा छैठौँ नेक्सस संकटा फुटवल प्रतियोगिता २०८० आजदेखि सुरु भएको छ । प्रतियोगिताको विहीबार भक्तपुरको मध्यपुरथठिमीस्थित मध्यपुरथिमी युथ एसोसिएशनको खेल मैदानमा सुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्याब्सन केन्द्रीय अध्यक्ष तथा लायन्स क्लबका पूर्व गभर्नर, रेडियन्ट रिडर्स एकेडेमीका संस्थापक प्रिन्सिपल, मोटिभेसनल स्पिकर तथा शिक्षासेवी डिके ढुंगानाले उद्घाटन गर्नुभयो ।

त्यसक्रममा नेक्सस स्कुलका एनसीसी जुनियर क्याडेटहरुले मार्चपास प्रदर्शन गरेका थिए भने नेक्सस् स्काउट ट्रुपले पिरामिड प्रदर्शन गरेका थिए । कार्यक्रममा प्याब्सनका केन्द्रीय महासचिव एवं नेक्सस् सङ्कटा युथ फुटवल एकेडेमीका अध्यक्ष तथा आयोजक विद्यालय नेक्सस् इन्टरनेशनल एकेडेमीका संस्थापक प्राचार्य आर बी कटुवालले नेक्ससले हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने गरेकाले यसैको निरन्रता दिइएको जानकारी दिनुभयो । विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनका लागि यस किसिमका प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

उद्घाटन खेलमा कौस्तुभ विजयी
यसैबीच, नेक्सस संकटा कप उद्घाटन खेलमा कौस्तुभ एकेडेमी विजयी भएको छ ।

पहिलो खेल कौस्तुभ एकेडेमी र भक्तपुर इङ्ग्लिस सेडेण्डरी स्कुलबीच भएको हो । प्रतियोगितामा भक्तपुर स्कुललाई ५–२ गोलअन्तरले पराजित गर्दै कौस्तुभ स्कुल विजयी भएको छ ।
खेलमा कौस्तुभका कुसल बर्देवा म्यान अफ द म्याच घोषित भए ।