काठमाडौँ उपत्यकामा थपिए २१२९ जना संक्रमित

काठमाडौँ -काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ गरी जम्मा २१२९ जना संक्रमित थपिएका छन् ।

यसअघि सोमबार काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ गरी जम्मा २२८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।