अध्ययनका लागि अष्ट्रेलिया जान चाहनेलाई अस्पाएर एजुकेशनको साथ

अस्पाएर करियर एण्ड एजुकेशनले यही अठार जून 2022, शनिबारका दिन “Abroad Study: Australia” नामक शैक्षिक परामर्शमुलक गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा अष्ट्रेलियाका प्रसिद्ध भेट प्रोभाईडर, कलेज तथा विश्वविद्यायालयका प्रतिनिधीहरुले अध्ययनमा जान इच्छुक बिद्यार्थीहरुलाई गुणस्तरीय परामर्श प्रदान गरेका थिए।

गोष्ठीमा वैदेशिक अध्ययनका लागि प्रमुख गन्तव्य बनेको अष्ट्रेलियामा अध्ययन सबल र कमजोरी पक्षबारे विचार विमर्श गरिएको थियो । सेमिनारमा एजुकेसन पार्टनरका रूपमा वान एजुकेसन, एकेडेमीज अष्ट्रेलिया, कुइन्सफर्ड कलेज, एक्सेल्सिया कलेज सिड्नी, स्काइ लाइन इन्टरनेसनल कलेज, किङ्स ओन इन्स्टिट्यूट जस्ता अष्ट्रेलियन शैक्षिक संस्थाका बारेमा जानकारी गराइएको थियो।

अस्पाएर करियर एण्ड एजुकेसनले बेलाबेलामा यस्तो कार्यक्रमको आयोजना गरेर शैक्षिक बहस चलाउँदा अन्तराष्ट्रिय शैक्षिक क्षेत्रमा नेपालको आवाज बुलन्द बनाउने अस्पाएरका साकार शर्माले जानकारी गराउनु भयो। उहाँले भन्नु भयो- “हामी प्रत्येक महिना यस्तो सेमिनार आयोजना गर्नेछ गर्नेछौँ । यस्ता सेमिनारले अभिभावक र विद्यार्थीलाई वैदेशिक अध्ययनमा जानका लागि सहज वातावरण निर्माण गर्नेछ र ठूलो सहयोग पुग्नेछ ।”

कार्यक्रमको भेन्यु पार्टनरका रूपमा क्रष्ट पिज्जा एण्ड ब्रेडले सहयोग गरेको थियो।