आइसोलेशनमा रहेका अर्का एकको मृत्यु

धनगढी – कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एकजनाको मृत्यु भएको छ । कैलालीको गौरीगंगाका ५० वर्षीय पुरुषको आज बिहान ६ बजे आइसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

कोरोनाको आशंकामा हिजो साँझ अस्पताल भर्ना भएका उनमा अन्य समस्या पनि रहेको श्रेष्ठले बताए । उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।