काठमाडौँमा थप १८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १८२ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा १४२, भक्तपुरमा १५ र ललितपुरमा २५ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै देशभर आज ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।