थप ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ११ को मृत्यु

काठमाडौँ – नेपालमा आज थप ८३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ८३८ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिए ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ३० हजार ४८३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा २५० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।

थप ११ जनाको मृत्यु, कोरोनाले ज्यान गुमाउनेको संख्या १३७

यसैबीच, मंगलबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान जिल्लामा १० पुरुष र १ महिला गरी एघार जनाको निधन भएको छ
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ ।