२४ घण्टामा विश्वभर ६ लाख ४१ हजार १६४ जना संक्रमित थपिए

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ६ लाख ४१ हजार १६४ जना संक्रमित थपिएका छन । यससँगै विश्वभर संक्रमितको संख्या १९ करोड ६६ लाख २४ हजार ४८४ पुगेको छ । त्यस्तै, ४ लाख २९ हजार ८५७ जना संक्रमणमुक्त भएका छन । पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १७ करोड ८० लाख ७२ हजारभन्दा बढी छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रीय संक्रिमतको संख्या १ करोड ४३ लाख ४९ हजार ७०३ छ । यसमध्ये ८६ हजार ४७८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।वल्डोमिटरका अनुसार कोरोनाबाट सबैभन्दा बढी संक्रमित अमेरिकामा पछिल्लो २४ घण्टामा ७६ हजार ५७८ जनामा संक्रमण भएको छ । यस्तै थप ४७२ जनाको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा ६ लाख २८ हजार ८३ जनाको मृत्यु भइसकेको छ । यसैगरी ब्राजिलमा ५ लाख ५३ हजार २७२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा बिहीबार बिहानसम्म ४ लाख २२ हजार ६९५ संक्रमितको मृत्यु भएको छ ।

यस्तै रूसमा १ लाख ५६ हजार ‍१७८ जना, बेलायतमा १ लाख २९ हजार ४३० जना, फ्रान्समा १ लाख ११ हजार ७३५ जना, इटालीमा १ लाख २८ हजार १० जनाको मृत्यु भएको छ ।

हालसम्म ४२ लाखको मृत्यु

हालसम्म विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८९९ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख २ हजार ५६५ पुगेको हो ।