बाँकेको नरैनापुर निषेधित क्षेत्र घोषणा, सेना परिचालन गर्ने निर्णय

बाँके- बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्नुका साथै क्वारेन्टाइनमा रेहका संक्रमित नै भाग्न थालेपछि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

नरैनापुरमा ११४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये एकको मृत्यु भएको छ । तर पछिल्लो समय संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयले प्रतिवाद गर्न थालेपछि गाउँपालिकाले सेना परिचालन गर्न माग गरेको थियो ।

शनिबारमात्र थप २७ जनामा कोरोना पोजेटिभ देखिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ११४ पुगेको छ ।