नेकपा वरिष्ठ नेता नेपालका ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ जना सुरक्षाकर्मीमा कारोना संक्रमण पुष्टि भएको छ । नेता नेपालको निवास कोटेश्‍वरमा खटिएका ९ सुरक्षाकर्मी कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका ९ जना मध्ये नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका ७ जना छन् । नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार सुरूमा ७ सशस्त्र प्रहरी र पछि नेपाल प्रहरीका २ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमा नेपालका एक जना पीएसओसमेत छन् ।

संक्रमण पुष्टि भएका उनीहरू सबैलाई आइसोलेसनमा लगिएको छ। नेता नेपालसहित उनको परीवारका सदस्यको भने कोरोना रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जानकारी दिएको छ ।