हिसानले भन्यो : कोरोना कम प्रभावित क्षेत्रमा विद्यालय खोलौँ, विद्यार्थी भर्ना अभियान थालौँ

काठमाडौँ – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले कोरोना भाइरसबाट कम प्रभावित क्षेत्रमा विद्यालय खोल्न माग गर्दै विद्यार्थी भर्ना अभियान थाल्न सरकारको ध्यानाकर्षण गराएको छ । हिसानले यसबारे उपप्रधान तथा रक्षामन्त्री तथा कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा र शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

हिसानले पठनपाठन , परीक्षा तथा भर्ना सुरक्षितरुपमा अभियानकै रुपमा थाल्न, पाठ्यपुस्तकका पसलहरु खुला गर्न , अनलाइन माध्यमबाट पठन पाठनको व्यवस्था मिलाइदिन आग्रह गरेको छ । साथै विद्यालय र विश्वविद्यालयका रोकिएका परीक्षा सञ्चालनको वातावरण बनाउन पनि माग गरेको छ ।

हिसानको ९ बुँदे ध्यानाकर्षण पत्र यस्तो छ :