कडा निषेधाज्ञामा पनि रोकिएन काठमाडौँमा संक्रमण वृद्धि, आज भेटिए हालसम्मकै धेरै संक्रमित

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोना संक्रमित भेटिएका छन । काठमाडौँ उपत्यकाकामा पछिल्लो २४ घण्टामा २१६ जना संक्रमित भेटिएका हुन् ।

यो सहित पछिल्लो २४ घण्टामा देशभर ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १६० जना, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कडा निषेधाज्ञा र लकडाउनबीच काठमाडौँ उपत्यकामा दैनिक संक्रमण वृद्धि हुँदै गएकाले कोरोना संक्रमण समुदायस्तरमैँ फैलिन थालेको भन्दै मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन र अनिवार्य मास्क तथा साबुन पानीले हात धुन तथा स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेको छ ।