थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले १२ हजार ५१९ नमुना परीक्षण गर्दा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ हजार ३५० पुगेको छ । प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् ।

जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् ।