काठमाडौँमा शुक्रबार थपिए ३८ जना संक्रमित

काठमाडौँ – शुक्रबार काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा ३२ ललितपुर ५ र भक्तपुर १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो ।

योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२३ ललितपुरमा ९७ र भक्तपुरमा ५७ पुगेको छ। शुक्रबार देशभर २२४ संक्रमित थपिएका छन्।

यो सँगै कूल संक्रमितकोे संख्या १९ हजार ७७१ पुगेको छ।