बाघ नेपालीको पहिचान : प्रधानमन्त्री ओली (भिडियोसहित)

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बाघ नेपालको पहिचान भएको बताउनुभएको छ । आज अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मानव जातिको अस्तित्वका लागि पनि बाघ जोगाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बाघकोलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्त्व दुवै भएको बताउनुभयो । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलेले बाघको संख्या बढ्दै गर्दा मानवसँग द्वन्द्व बढ्न सक्ने सम्भावना पनि रहेको धारणा राख्नुभयो ।

हेर्नुहोस् भिडियो :