काठमाडौँमा बढ्दो संक्रमण, आज भेटिए हालसम्मकै धेरै

काठमाडौँ – काठमाडौँमा पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार काठमाडौँमा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा दिन दोगुना रात चौगुना भनेझैँ काठमाडौँमा कोरोना संक्रमित दैनिक बढिरहेका छन् । बुधबार काठमाडौँमा संक्रमित संख्याले हालसम्मकै रेकर्ड तोडेको थियो तर त्यो विहीबार फेरि रेकर्ड ब्रेक भयो । काठमाडौं उपत्यकामा बुधबार ३०१ जना कोरोना संक्रमित थपिएका थिए ।