काठमाडौँ उपत्यकामा १५ सहित २१० जनामा संक्रमण

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा काठमाडौंका १४ र भक्तपुरका १ जना पनि छन् । स्वास्थ्य मन्त्रालयको बुधबारको पत्रकार भेटघाटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा १५ सहित थप २१० जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १९ हजार २७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने कूल संक्रमण निको हुनेको संख्या १४ हजार २१ पुगेको छ ।

प्रवक्ता गौतमले देशभरीका क्वारेन्टिनमा १४ हजार ४ सय ७१ जना रहेको जानकारी पनि दिनुभयो । नेपालमा कोरोना संक्रमणबाट ४९ जनाको मृत्यु भएको छ ।