बेहुला बेहुलीमा कोरोना टेस्ट : बेहुलीमा पोजेटिभ बेहुलामा नेगेटिभ, दुवै क्वारेन्टिनमा

काठमाडौँ – सप्तरीको कञ्चनरुप नगरपालिका–२ का २० वर्षीया महिला र वडा नम्बर ३ का २३ वर्षीय पुरुषबीच १० दिन अघि विहे भयो । विहे गर्ने युवती भारतीय थिइन ।

भारत सुपौलकी युवती र युवक विहे भएदेखि नगरपालिकाले क्वारेन्टिनमा राख्यो । पिसिआर टेस्टमा बेहुलीको रिपोर्ट पोजेटिभ र बेहुलाको नेगेटिभ आएको स्वास्थ्य शाखा कञ्चनरुपले जनाएको छ।