कोरोना भाइरस अपडेट : १ करोड ७१ लाख ७९ हजार बढी संक्रमित

काठमाडौँ – विश्वभर १ करोड ७१ लाख ७९ हजार बढी मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार विहान यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८४ हजार बढीमा संक्रमण देखिएको छ ।

त्यस्तै ६ लाख ६९ हजार ९ सय ४८ जनाको मृत्यु भैसकेको छ ।  त्यस्तै एक करोड ६ लाख बढी उपचारपछि निको भएका छन् ।

उपचाररत ६६ हजार बढीको अवस्था गम्भीर रहेको वल्डो मिटरले जनाएको छ । कोरोना भाइरसका कारण विश्वका २१५ मुलुक प्रभावित भएका छन् ।