प्याब्सनका तीन हस्ती, जो चुनाव अगावै विजयी बने

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को महाधिवेशनले तीन पदमा सर्वसम्मत नेतृत्व चयन ग-यो । अध्यक्षमा डिके ढुंगाना, महासचिवमा आरबी कट्वाल र कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने सर्वसम्मत चयन भएका हुन । १५ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष, महासचिव र कोषाध्यक्षमा अरुको मनोनयन नपरेपछि उनीहरु सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । ढुंगाना उनी यसअघि सहअध्यक्ष थिए भने कटुवाल उपमहासचिव थिए । केन्द्रमा यी तीन हस्ती सर्वसम्मत चुनिएका छन भने प्रदेश लगायतमा पनि सर्वससम्मतिको प्रयास भैरहेको प्याब्सनले जनाएको छ ।

प्रदेशअन्तर्गत उपाध्यक्षमा बागमतीबाट थकिनकुमार गुरुङ र कर्णालीबाट नैनसिंह खत्री निर्विरोध चयन भएका छन् ।

अन्य पदाधिकारीमा सर्वसम्मत नभएपछि चुनावी प्रक्रियामा जाने प्याब्सनले जनाएको छ । सहअध्यक्ष र वरिष्ठ उपाध्यक्षमा सहमति हुन सकेको छैन । सहअध्यक्षमा ईश्वरबहादुर गुरुङ र आशिष श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी, गोपाल आचार्य र दीपिका थापाको उम्मेदवारी परेको प्याब्सन निर्वाचन समितिले जनाएको छ । सचिव र सहकोषाध्यक्षमा पनि सहमति भएको छैन । महाधिवेशनले तीन वर्षका लागि ६५ सदस्यीय कार्यसमति चयन गर्नेछ ।