शुल्क एक महिनाको भनेको हो, चैत्र नै भन्ने छैन : गौतम (भिडियोसहित)

काठमाडौँ – शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन भनेको स्पष्ट पार्नुभएको छ । एक महिना वा चैत्र भन्नेबारे निजी विद्यालयहरुबीच ठूलो द्धन्द चलिरहेकै बेला गौतमले निजीलाई एक महिनाको भनिएको स्पष्ट पार्नुभयो । खुल्लापाटी डट कमको नियमित खुल्ला शैक्षिक बहस अन्तर्गत विहीबारको बहसमा निर्देशक गौतमले यस्तो जानकारी दिनुभएको हो ।

‘हामीले प्याब्सन, एन प्याब्सन, हिसान लगायत सबैलाई आवास बाहेक एक महिनाको पुरै शुल्क छुट भनेका थियौँ । यसमा एक महिना कहिले कार्यान्वयन भन्नेमा चैत्र भनिएको हो तर अब यसबारे फेरि निर्णय लिनुपर्छ ।’ उहाँले भन्नुभयो –‘त्यतिबेला लकडाउन यति लामो समय जाला भन्ने थिएन । वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने भनेर यस्तो जानकारी गराएका थियौँ । अब लकडाउन लम्बिएकाले यसबारे अर्को निर्णय नीतिगत तहमा गर्नुपर्ने भएको छ । ’

गत चैत्र १६ गते कोरोनाबाट प्रताडितलाई सहुलियत घोषणा गर्ने क्रममा सरकारले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन भनेको थियो । यसैको आधारमा शिक्षा मन्त्रालयले गत चैत्र अन्तिममा चैत्र महिनाको छुट दिन सबै विद्यालयलाई निर्देशन दिएको थियो ।

चैत्र महिनामा एक साता विद्यालय लगाएका निजी विद्यालयले सरकारले आफूहरुसँग सल्लाह नै नगरी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका थिए । साथै निजी विद्यालयका संगठनहरुले चैत्र महिनाको फि अभिभावकलाई फिर्ता दिए शिक्षक शिक्षिकालाई चैत्र महिनाको तलब खुवाउन नसकिने जनाएका थिए ।

यस्तो अन्यौलबीच निर्देशक गौतमले एक महिनाको शुल्क छुट दिन भनिएकोमा लक डाउन लम्बिएकाले निजीले चैत्र, वैशाख वा जुनसुकै महिनाको शुल्क छुट दिन सक्ने भएका छन्  साथै, उनीहरुले विना अवरोध शिक्षक शिक्षिकालाई तलब भुक्तानी गर्नुपर्नेछ ।

शिक्षा क्षेत्रको आगामी गन्तव्य

शिक्षा र खेलकुद क्षेत्रप्रति समर्पित अनलाइन खुल्लापाटी डट कमको खुल्ला बहसमा आज दिउँसो १ बजे शिक्षा क्षेत्र अब के होला भन्ने विषयमा सार्वजनिक छलफल गर्न लागिएकाले इच्छुक सबैलाई आमन्त्रण गर्दछौँ । घरमैँ बसेर यहाँहरुले हाम्रो यो फेसबुक पेज लाइक गरी कार्यक्रम सुन्न र हेर्न सक्नुहुनेछ ।वक्ताहरु :गेहनाथ गौतम निर्देशक : शिक्षा तथा मानवस्रोत विकास केन्द्रऋतुराज सापकोटा अध्यक्ष नेशनल प्याब्सनसमय : दिउँसो १ बजेकार्यक्रम हेर्न हाम्रो खुल्लापाटी डट कमको पेज लाइक गर्नुहोला र समाचारहरु शेयर गर्नुहोला । धन्यवाद ।

Gepostet von Khullapati am Donnerstag, 23. April 2020