खुल्लापाटीमा खुल्ला बहस : कोरोना पछिको शिक्षा अवसर कि चुनौती ? (भिडियोसहित)

काठमाडौँ । खुल्लापाटीको नियमित खुल्ला बहस अन्तर्गत विहीबार शिक्षा क्षेत्रको आगामी गन्तव्यबारे बहस भयो । विहीबारको बहसमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतम र नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा सहभागी भए ।

कोरोनापछिको शिक्षा क्षेत्र कसरी अगाडि बढ्ला खाशगरी पढाई, परीक्षा लगायतबारे भएको छलफलमा निर्देशक गौतमले अबको गन्तव्यमा अनलाइन कक्षा तथा भर्चुअल कक्षामा सहभागी हुनुपर्ने सुझाव दिनुभयो । नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले निजी विद्यालयले आगामी १५ गतेपछि अनलाइनमार्फत कक्षा सञ्चालन गरी विद्यार्थीहरुलाई सहभागी कसरी गराउन सकिन्छ भन्नेबारे पहल भैरहेको जानकारी दिनुभयो ।

साथै आगामी दिनमा कोरोना लम्बिए के गर्ने भन्नेबारे सरकारी र निजी दुवै क्षेत्रले के गर्ने भन्नेबारे गहन सोचमा रहेको बताएका थिए । उहाँहरुसँग हामीले पढाइ, परीक्षा, चैत्र महिनाको शुल्क लगायतबारे छलफल गरेका छौँ । हेर्नुहोस् भिडियो :

शिक्षा क्षेत्रको आगामी गन्तव्य

शिक्षा र खेलकुद क्षेत्रप्रति समर्पित अनलाइन खुल्लापाटी डट कमको खुल्ला बहसमा आज दिउँसो १ बजे शिक्षा क्षेत्र अब के होला भन्ने विषयमा सार्वजनिक छलफल गर्न लागिएकाले इच्छुक सबैलाई आमन्त्रण गर्दछौँ । घरमैँ बसेर यहाँहरुले हाम्रो यो फेसबुक पेज लाइक गरी कार्यक्रम सुन्न र हेर्न सक्नुहुनेछ ।वक्ताहरु :गेहनाथ गौतम निर्देशक : शिक्षा तथा मानवस्रोत विकास केन्द्रऋतुराज सापकोटा अध्यक्ष नेशनल प्याब्सनसमय : दिउँसो १ बजेकार्यक्रम हेर्न हाम्रो खुल्लापाटी डट कमको पेज लाइक गर्नुहोला र समाचारहरु शेयर गर्नुहोला । धन्यवाद ।

Gepostet von Khullapati am Donnerstag, 23. April 2020