लकडाउनबीच निजी विद्यालयले भर्ना थाले तालाबन्दी गर्ने अनेरास्ववियुको चेतावनी, तयार रहन कार्यकर्तालाई निर्देशन

काठमाडौँ -अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) संयोजक ऐन महरले लकडाउनको बेलामा निजी स्कुलहरुले सरकारसँग अनुमति नलिएर जबर्जस्ती भर्ना थाले कारबाही थाल्ने गरी तीन ओटा चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै महरले लकडाउनको बेलामा निजी स्कुलहरुले सरकारले अनुमति नलिएर जबर्जस्ति भर्ना प्रकृया अगाडि बढाएछन भने आफूहरुसँग तीन विकल्प रहेको जनाएका छन् ।

उनले तालाबन्दी थाल्ने सम्मको चेतावनी दिँदै संगठनका कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन् :

लकडाउनको बेलामा निजि स्कुलहरुले सरकारले अनुमती नदिएर जबर्जस्ति भर्ना प्रकृया अगाडि बढाएछन भने हामी संग तिनओटा बिकल्प हुनेछन :

पहिलो: निजि स्कुलका सञ्चालकहरुले स्वबिबेकले यो निर्णय फिर्ता लिने र कोरोना संक्रमणको जोखिम बाट विद्यार्थी हरुलाई जोगाउने साथै जिम्मेवार नागरिकको रुपमा आफुलाई प्रस्तुत गर्ने।

दोस्रो: यदि स्वबिबेकले निजि स्कुलका सञ्चालकले यो निर्णय सच्याएनन भने सरकारले कानुन बमोजिम कार्बाही गर्ने र निजि स्कुलका सञ्चालकलाई गिरफ्तार गर्ने।

तेस्रो: माथिका दुवै बिकल्प कार्यान्वयन नभएको स्थितिमा विद्यार्थी संगठनले आवस्यकताका आधारमा तालाबन्दी गर्ने र अटेर गर्ने निजि स्कुलको कानुनी रुपमा सम्बन्धन खारेज गर्न संघर्ष गर्ने।

अब कुन बिकल्प रोज्ने निजि स्कुलका मालिकहरुको मर्जी हजुर १ साथै तयारी अवस्थामा रहन अनेरास्ववियूका साथिहरुलाई हार्दिक अनुरोध गर्दछु।

र, यो पनि पढ्नुहोस :

सरकारले जे गरोस् अब निजी विद्यालय जेठ २२ गतेदेखि खुल्छन् : टीकाराम पुरी अध्यक्ष, प्याब्सन (भिडियोसहित)