काठमाडौँमा थपिए १६६ संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना भाइरस संक्रमण भएको जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै देशभर ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।