कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

काठमाडौँ – नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ । आइतबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार झापाका ५८ वर्षीय एक पुरुष, पर्साका ५६ वर्षीय एक महिला, र सर्लाहीका ३३ वर्षीय एक महिलाको निधन भएको हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुगेको मन्त्रालयले जनाएको छ ।