गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

कास्की –गण्डकी प्रदेशमा आज थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना थपिएका हुन् । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक सय १३ पुगेको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जा वालिङ र भीरकोट नगरपालिकाका १४ जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै बाग्लुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाकाका १० जना छन् ।

त्यस्तै गोरखाको पालुङटार नगरपालिकाका र गण्डकी नगरपालिकाका १० जना छन् । नपलपरासीको हुप्से गाउँपालिकाका ४ जना रहेका छन् । नयाँ संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।