थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेपाल पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

८१८ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । त्यस्तै थप ३ जनाको कोरोनाका मृत्यु भएसँगै नेपालमा ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ । म्याग्दी, मुस्ताङ र हुम्ला कोरोना संक्रमणमुक्त छन ।