पिएसजिले जित्यो फ्रेन्ज लिग कपको उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । शुक्रबार राति लियोनलाई सडन डेथमा पीएसजीले ६–५ ले हराउँदै लिग कपको उपाधि जीतेको हो ।

सुरुवातको १० पेनाल्टी गोलमा परिणत भएपछि खेल सडन डेथमा परिणत भएको थियो । सडन डेथमा पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए भने पीएसजीका पाब्लो सरबियाले गोल गर्दै पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि दिलाए ।