शिक्षणसंस्था अर्को सूचना जारी नभएसम्म बन्द (मन्त्रिपरिषदको निर्णयसहित)

काठमाडौँ – सरकारले अर्को निर्णय नभएसम्मका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । यसअघि भदौ १ गतेबाट भर्ना तथा प्रशासनिक काम खोल्ने भनिएको भएपनि १५ दिनलाई स्थगित गरेको थियो ।

मन्त्रिारिषदका निर्णय सार्वजनिक गर्ने क्रममा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले अर्को निर्णय नभएसम्मका लागि शैक्षिकसंस्था बन्द गर्ने निर्णय भएको जानकारी दिए । साथै होटल रेष्टुरेन्टहरुलाई बन्द गर्ने पनि निर्णय गरेको छ ।

साथै सरकारले १० वटा अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । यसअघि २० वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको थियो । हेर्नुहोस अन्य के के भए निर्णय ?